काठमाडौं। सुनचाँदीको मूल्यमा झिनो बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सुन तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि एक हजार ७ सय रुपैयाँले घटेर मंगलबार प्रति तोला ३ लाख २ हजार २ सय रुपैयाँ भएको थियो। सोमबार तोलाको ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो।
चाँदीको मूल्य बढेर बुधबार प्रति तोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार तोलाको ४ हजार ७७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४३४३.९९ डलर र चाँदी प्रति औंस ६६.६४ डलरले कारोबार भइरहेको छ।