काठमाडौं। बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको घरजग्गा मेलामा पेन्ट्स कम्पनीहरू नयाँ फिचरसहित सहभागी भएका छन्। दसैं नजिकिँदै गर्दा पेन्ट्स कम्पनीहरू नयाँ फिचर र अफरसहित प्रदर्शनीमा उत्रिएका हुन्।
प्रदर्शनीमा सहभागी होमल्यान्ड पेन्ट्सले ग्राहकलाई ५० प्रतिशतसम्मको छुट अफर ल्याएको छ। जापानिज टेक्नोलोजीबाट तयार पारिएको रङहरू बिक्रीमा ल्याएको होमल्यान्डले कलर कल्चरसमेत सिकाउने जनाएको छ।
‘अहिले दसैं नजिकिएको छ। धेरैले यो बेला नयाँ रङ लगाउने गर्नुहुन्छ। त्यसैले पनि हाम्रोमा दसैंका लागि ५० प्रतिशतसम्म कलर छुटमा छन्,’ होमल्यान्डका प्रमुख प्रकाश अधिकारीले भने।

पेन्ट्स प्रयोग गर्ने विधि नेपालीले सिक्नै पर्ने भएकोले होमल्यान्डले यो पनि सिकाउने अधिकारीले बताए। रङ संस्कृति पुरानै भए पनि नयाँ प्रविधिको रङ लामो समय टिकाउन सक्ने र प्रयोग गर्न नजान्दा छिट्टै बिग्रने समस्या हुन्छ। यही विषयलाई सम्बोधन गर्न कम्पनीले विज्ञहरूमार्फत तालिम गराउने अधिकारीले बताए।
‘तरिका नमिल्दा रङ चाँडै खुइलिन सक्छ। फोका उठ्छ। लत्रिन्छ। धार देखिन्छ। ढुसी आउँछ। त्यसैले यी विषयमा अवेरनेस अहिलेको आवश्यकता हो,’ उनले भने, ‘हामी यसबारे शिक्षामूलक कार्यक्रम अघि बढाउँदैछौँ।’
जस्मिन पेन्टसले ७५ हजार बराबरको रङ किन्ने ग्राहकलाई लन्डन घुम्ने अफर ल्याएको छ। यो अफर कात्तिक ३० गतेसम्मै जारी रहने कम्पनीका प्रमुख लक्ष्मण अर्यालले बताए।
‘लक्की ड्रबाट एक जनालाई ५ दिन लन्डन घुम्ने अवसर प्राप्त हुनेछ। ५ जनालाई वासिङ मेसिन, ३५ जनालाई प्रेसर कुकर पुरस्कार राखिएको छ,’ अर्यालले भने।

यो अफरमा १३५ जनालाई मिक्स्चर जार, १७५ जनालाई हट वाटर केट्ली र ७५० जनालाई भित्ते घडी प्रदान गर्नेसमेत कम्पनीले जनाएको छ। जम्मिनले ३२ वटा प्रडक्ट मेलामा ल्याएको छ। ३२ वर्षदेखि निरन्तर पेन्ट्स क्षेत्रमा काम गरेको अनुभव भएकोले धेरैले जस्मिन रोज्ने गरेको अर्यालले बताए।
मेलामा धेरैजसोले वाटरप्रुफ पेन्ट्सममेत खोजेका छन्। यसका लागि भिजिटर एसियन् पेन्ट्समा झुम्मिएका देखिन्छन्।
एसियन पेन्ट्सले रोयल लक्जरी, रोयल ब्लिङ र रोयल म्याट गरी तीन आकर्षक रङ ल्याएको छ। ती रङ दाग नलाग्ने र नकोतरिने कम्पनीले जनाएको छ।
‘तीनवटै कलर लक्जरी कलर हो। घरमा साना बाबुनानीले कोतर्ने, कलमले लेख्ने, कुर्सी सार्दा कोतरिनेजस्ता समस्या आउँछन्,’ एसियन पेन्ट्सका विरोचन कोइरालाले भने, ‘यसको समाधान भनेको यी तीन लक्जरी कलर हुन्।’
एसियन पेन्ट्सले अल्टिमा इसेन्स फिचरसमेत प्रदर्शनीमा राखेको छ। टेक्चरमा बन्ने यसखाले अल्टिमा इसेन्स विशेष गरी आफ्नै टुल प्रयोग गरी नाप लिएपछि बनाउने कम्पनीले जनाएको छ।

एसियन पेन्ट्सले १२ वर्ष वारेन्टी भएको वाटरप्रुफ ड्याम प्रुफ इक्ट्रिमसमेत ल्याएको छ। ८ वर्षे वारेन्टी भएको ड्याम प्रुफ धेरैले मनपराएपछि १२ वर्षे वारेन्टी भएको इक्ट्रिम ल्याएको कम्पनीले जनाएको छ।
एसियन पेन्ट्सले एक लाख २५ हजारको खरिदमा १० हजार छुट दिने अफर राखेको छ भने ड्रिम होम ह्याम्पर पनि राखेको छ।
यसैगरी, एसियनले ब्युटीफुल होम पेन्टिङ सर्भिसको अफरसमेत ल्याएको छ। यो घरमा पेन्ट्स लगाउन एक्पर्ट पेन्टरसहितको सुविधा हो।
एसियन पेन्ट्सको ग्राहकले कलर लगाउन निःशुल्क पेन्टर पाउने कम्पनीले जनाएको छ।











