प्रधानमन्त्री बालेनले कार्यबाहक राजदूतसँग भने- अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्छ

बिजमाण्डू
२०८३ भदौ ३१ गते १३:४४ | Sep 16, 2026
प्रधानमन्त्री बालेनले कार्यबाहक राजदूतसँग भने- अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्छ


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्ने बताएका छन्।

Vigo
GBIME
Tata

उनले बुधबार आफूसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री कार्यालयमा उपस्थित भएकी नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनसमक्ष पर्यटन क्षेत्रको विकासमार्फत नेपालले फड्को मार्न सक्ने भन्दै अमेरिकी लगानीको सधैं स्वागत गर्ने बताएका हुन्।

बालेनले विपद्‍को कठिन परिस्थितिमा अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

कार्यबाहक राजदूत बोल्डिनले बाडी प्रभावितको राहत र पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र गर्न अमेरिकी सरकार तत्पर रहेको बताइन्।