ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया सुरु, कोरला नाकाबाट ढुवानी हुँदै

बिजमाण्डू
२०८३ भदौ ३१ गते ११:०७ | Sep 16, 2026
ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया सुरु, कोरला नाकाबाट ढुवानी हुँदै


काठमाडौं । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्‍याउने तयारी तीव्र बनाएको जनाएको छ।

Vigo
GBIME
Tata

भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसबाट सडक अवरोधका बीच पनि गाडीको ढुवानी तथा डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ।

हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो। कम्पनीले यो गाडीको सुरुवाती मूल्य ५९.९९ लाख रुपैयाँमा सार्वजनिक गरेको थियो।

ओरा ५ र जोलियन म्याक्स ईभी दुवै मोडलले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि र प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको चासो बढिरहेको कम्पनीको भनाइ छ।

भीजी इम्पेक्सका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरूलाई भेरिफाइ गरेर र डेलिभरीको समयतालिका सम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ। कम्पनीले ग्राहकलाई बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ।

जीडब्ल्यूएम नेपालले नेपाली अटो बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दैप्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको छ। कम्पनीका अनुसार नयाँ मोडलको विस्तारसँगै नेपाली ग्राहकलाई विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य रहेको छ।