एनएसीको जहाजमा प्राविधिक समस्या, काठमाडौं-दोहा उडान एक दिन पछाडि धकेलियो

बिजमाण्डू
२०८३ भदौ २९ गते १६:३३ | Sep 14, 2026
एनएसीको जहाजमा प्राविधिक समस्या, काठमाडौं-दोहा उडान एक दिन पछाडि धकेलियो


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले जहाजमा प्राविधिक समस्याको कारण देखाउँदै काठमाडौं-दोहा उडान तालिका एक दिन पछाडि धकेलेको छ।

Vigo
GBIME
Tata

एनएसीले सोमबारका लागि तय उडान मंगलबार र मंगलबारका लागि तय उडान बुधबारका लागि सारेको हो। उडान समय परिवर्तनलाई लिएर एनएसीले यात्रुसँग क्षमा मागेको छ।

उडान सरेका कारण यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै आवश्यक सहजीकरणका लागि यात्रुहरूसँग सम्पर्क गरिरहेको जनाएको छ।