विराटनगर। नेपालको जेठो व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार शाह चुनिएका छन्।
संघको आइतबार सम्पन्न निर्वाचनले शाहको अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो। सात सालको क्रान्तिको सफलता लगत्तै २००७ फागुन २४ गते मोरङ मर्चेन्ट एसोसिएसनको स्थापना भएको थियो। पछि यही संस्था मोरङ व्यापार संघ हुँदै हाल मोरङ उद्योग व्यापार संघका नाममा संचालित छ।
नवनिर्वाचित अध्यक्ष शाह संघका ३५औं अध्यक्ष हुन्। संघको निवर्तमान अध्यक्ष एवम् सल्लाहकार अनुपम राठी छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनिल शारडा, वाणिज्य उपाध्यक्षमा विकासकुमार बेगवानी, उद्योग उपाध्यक्षमा सञ्जय श्रेष्ठ र महासचिवमा अमितकुमार शारडा चुनिएका छन्।
सचिवमा दीपेश सुवेदी, कोषाध्यक्षमा विनीत सिंघानियाँ, सहकोषाध्यक्षमा मनीष मारू र प्रवक्तामा सुशील सुराणा निर्वाचित भएका छन्।
त्यसैगरी कार्यकारी सदस्यमा राजेशकुमार अग्रवाल, विवेककुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष् गोल्छा र वेदान्त जाजू चयन भएका छन्।
निर्वाचित १६ सदस्यीय कार्यसमितिले डा. वन्दना जैन, लोकेश टिवडेवाला, धीरज मोहता र ओमप्रकाश शर्मालाई कार्यसमितिको सदस्यमा मनोनीत गरेको छ। मनोनीतसँगै निवर्तमान अध्यक्ष राठीसहित २१ सदस्यीय कार्यसमिति बनेको छ।
कार्यसमितिले आमन्त्रित सदस्यमा डा. दीपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल गरी ५ जनाको चयन गरेको छ।
महिला उद्यम समितिमा साधना झा र जिना श्रेष्ठलाई राखिएको छ।











