बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड

बिजमाण्डू
२०८३ भदौ २६ गते १९:२१ | Sep 11, 2026
बाढीमा क्षति ब्यहोरेको यातायात क्षेत्र पीडितको साथमा, महासंघले राहतका लागि दियो करिब १ करोड


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको राहत तथा पुनर्स्थापनाका लागि यातायात व्यवसायीले सरकारलाई करिब एक करोड रुपैयाँ सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख ८४ हजार ६९५ रुपैयाँ सहयोग गरेको हो।

महासंघका अध्यक्ष सरोज सिटौला लगायत व्यवसायीले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

बाढीका कारण यातायात व्यवसायी आफैंले पनि ठूलो क्षति बेहोरेका छन्। मन्त्री लम्सालले यातायातमा क्षेत्रमा भएको क्षति मूल्यांकन गर्न शुक्रबार नै यातायात व्यवसायी र मजदुरसहितको समिति गठन गरेका छन्।