काठमाडौं। सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप’ कार्यक्रम गरेको छ।
बैंकले प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा अबको रणनीति र प्राथमिकताबारे आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीसँग छलफल गरेको हो।
कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षाका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताबारे छलफल भएको बैंकले जनाएको छ।
कार्यक्रममा केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको छ। मधेश प्रदेशका ८ जिल्लामा सिटिजन्स बैंकका २९ वटा शाखा कार्यालय सञ्चालनमा छन्।
यसअघि बैंकले बागमतीमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशीमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम गरेको थियो।
अन्य प्रदेशमा पनि कार्यक्रम गर्ने बैंकले जनाएको छ।











