प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी

बिजमाण्डू
२०८३ भदौ २६ गते १४:४५ | Sep 11, 2026
प्रधानमन्त्री बालेनसँगको भेटपछि चन्द्र ढकालले भने- छलफल निकै सकारात्मक र फलदायी


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि आवश्यक परे नयाँ कानुन ल्याउने बताएका छन्।

Vigo
GBIME
Tata

बालेनले शुक्रबार उद्योगपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसँगलाई बोलाएर छलफल गरी लगानी प्रवर्धनलाई प्राथमिकता दिएर काम गर्ने बताए। बालेनले रोजगारी सिर्जनादेखि राजस्व वृद्धिका विषयमा पनि धारणा राखेका छन्।

बालेनले उद्योगी व्यवसायीसँग करिब दुई घण्टा छलफल गरेका थिए। बालेनसँगको छलफलबाट उद्योगी पनि खुशी भएका छन्।

‘छलफल निकै सकारात्मक र फलदायी रह्यो। भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी दुवैको प्रवर्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा उहाँको चासो र सकारात्मक धारणा देख्दा खुसी लाग्यो,’ ढकालले भनेका छन्, ‘मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता निजी क्षेत्रका लागि उत्साहजनक हो।’

बालेनले निजी क्षेत्रका समस्या र सुझाव सुन्न तथा नीतिगत विषयमा निरन्तर छलफल तथा समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र निर्माण गर्ने सकारातम्क रहेको पनि बताएका छन्।

‘व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो,’ ढकालले भनेका छन्।