सीबीफीनको कार्यवाहक अध्यक्षमा ‍राजेश उपाध्याय, नयाँ कार्यसमिति चयन नभएसम्म जिम्मेवारी सम्हाल्ने

बिजमाण्डू
२०८३ भदौ २६ गते १४:२९ | Sep 11, 2026
सीबीफीनको कार्यवाहक अध्यक्षमा ‍राजेश उपाध्याय, नयाँ कार्यसमिति चयन नभएसम्म जिम्मेवारी सम्हाल्ने
राजेश उपाध्याय


काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्।

Vigo
GBIME
Tata

सीबीफीनको कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सीबीफीनमा अध्यक्ष पद रिक्त भएको थियो।

बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्ष हुन्।  उनी सीबीफीनको स्थापनाकालदेखि नै कार्यसमितिमा छन्।