बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एनएसीको जहाजमा पूर्णरुपमा छुट

बिजमाण्डू
२०८३ भदौ २४ गते १७:३२ | Sep 9, 2026
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्क  एनएसीको जहाजमा पूर्णरुपमा छुट


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट दिने भएको छ।

Vigo
GBIME
Tata

एनएसीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने आफूसँग सम्बन्धित सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्णरूपमा छुट गर्ने निर्णय गरेको छ।

‘सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट हुनेछ,’ एनएसीले बुधबार प्रेस विज्ञप्तिमार्फत भनेको छ।

एनएसीले विपद्‍बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको बताएको छ।