कालिञ्चोक दर्शनको लाभांश घोषणा, लगानीकर्तालाई ८.५० प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०८३ भदौ २४ गते १७:२५ | Sep 9, 2026
कालिञ्चोक दर्शनको लाभांश घोषणा, लगानीकर्तालाई ८.५० प्रतिशत बोनस सेयर दिने


काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.९४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ। सेयरधनीले कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।

कम्पनीको चुक्ता पुँजी हाल ६३ करोड रुपैयाँ छ। कम्पनीले पोहोर ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।