होर्मुजमा भिड्दै अमेरिका र इरान, दुई महिनापछि तेलको मूल्य ब्यारेलको १०० डलर पुग्यो



बिजमाण्डू
२०८३ भदौ २४ गते १६:३० | Sep 9, 2026
होर्मुजमा भिड्दै अमेरिका र इरान, दुई महिनापछि तेलको मूल्य ब्यारेलको १०० डलर पुग्यो
Photo : AP


काठमाडौं । इरान र अमेरिकाबीच हर्मुजमा फेरि तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम पुन: बढेको छ।

Vigo
GBIME
Tata

इरानले आफ्ना तेल ट्यांकरमाथि अमेरिकाले गरेको आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रहरुमा आक्रमण गरिरहेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार हर्मुज पार गर्न खोजेको २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। अमेरिकाले एक दिनअघि पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको जनाइएको छ।

जोर्डनस्थित अल अजराक अमेरिकी हवाई बेसमा पनि इस्लामिक गार्डले आक्रमण गरेको बताइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण वा आक्रमणको प्रयास जारी राखे हरेकपटक उसका तेल ट्यांकर नष्ट गरिने चेतावनी दिएका छन्।

इरानले पनि आफ्ना ट्यांकरमाथि आक्रमण भए अमेरिकी सहयोगी कुवेत र बहराइनमा रहेका तेल ट्यांकरलाई निशाना बनाउने चेतावनी दिएको छ।

बढ्दो तनावसँगै विश्व तेल बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर पुगेको छ। जुलाई पछि पहिलो पटक तेलको मूल्य १०० डलर पुगेको हो।