भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने



बिजमाण्डू
२०८३ भदौ २४ गते १२:४८ | Sep 9, 2026
भोटेकोशी बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित कलाकारका परिवारलाई तामाङ कलाकार संघले ९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

Vigo
GBIME
Tata

संघका पदाधिकारीबाट ८ लाख ५० हजार संकलन भएको संघका अध्यक्ष विशाल काल्तानले जानकारी दिए। उनका अनुसार संघले त्यसमा आफ्ना तर्फबाट ५० हजार रुपैयाँ थप्नेछ।

संघले सहयोग रकम बिहीबार हस्तान्तरण गर्नेछ। ‘संकलित ९ लाख रुपैयाँ बाढी प्रभावित कलाकारका परिवारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ,’ काल्तानले भने।

संघले बाढीमा परी मृत्यु भएकाको सम्झनामा आइतबार बौद्धमा दिप प्रज्वलन गरेको थियो।