निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ल्यायो ८७ हजार ८७७ सिलिन्डर ग्यास



बिजमाण्डू
२०८३ भदौ २१ गते १४:०१ | Sep 6, 2026
निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ल्यायो ८७ हजार ८७७ सिलिन्डर ग्यास
फाइल तस्बिर।


काठमाडौं। नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ३ दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं ल्याएको छ।

Vigo
GBIME
Tata

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि विभिन्न जिल्लाबाट ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका लागि वैकल्पिक मार्गबाट सिलिन्डर ल्याउने व्यवस्था मिलाएको जनाएको छ।

निगमको विवरणअनुसार भदौ १८ गते करिब २४ हजार ४२४ सिलिन्डर काठमाडौं ल्याइएको छ। भदौ १९ गते करिब ३४ हजार १३४ र भदौ २० गते करिब २९ हजार २४९ सिलिन्डर ल्याइएको छ।

निगमले सम्बन्धित ग्यास उद्योगलाई तोकिएका मितिमा सिलिन्डर रिफिल गरी काठमाडौं पठाउन अनुरोध गरेको छ।

कृष्णभीर खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। त्यसका कारण ग्यास उद्योगका सिलिन्डर बोकेका सवारीसाधन काठमाडौं आउन समस्या भएको निगमले जनाएको छ।

निगमले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगबाट ग्यास ल्याउने व्यवस्था गरेको छ। ती उद्योगका सिलिन्डर वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंमा ल्याएर बिक्री वितरण गरिनेछ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्ड नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक व्यवस्थालाई निरन्तरता दिइने निगमले जनाएको छ।