बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको खाद्य वस्तु म्याद गुज्रेको, नष्ट गर्न निर्देशन



बिजमाण्डू
२०८३ भदौ २१ गते १३:४५ | Sep 6, 2026
बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको खाद्य वस्तु म्याद गुज्रेको, नष्ट गर्न निर्देशन


काठमाडौं। नुवाकोट र रसुवाका बाढी प्रभावितका लागि राहतस्वरुप पठाउन संकलन गरिएको खाद्य वस्तु म्याद गुज्रिएको भेटिएको छ।

Vigo
GBIME
Tata

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंसहितको टोलीले विभिन्न ५ स्थानमा गरेको अनुगमनमा तीन स्थानमा चामल, पिठो, दालमोठ र भुजा म्याद गुज्रेको भेटिएको हो।

शहरी विकास तथा भवन निर्माण विभागको बबरमहलस्थित गोदाममा रहेको करेन्ट चिप्स ३० थान र गिरिधारी फूड प्रोडेक्टको भुजा २१ बोरा म्याद गुज्रिएको पाइएको छ।

यस्तै प्रहरी तालिम केन्द्र सामाखुशीमा राहत पठाउन ठिक्क पारिएको २ प्याकेट चोकोफन र चक्की आँटा ५ केजीको १ प्याकेट उपभोग्य मिति समाप्त भएको भेटिएको हो। ५९ प्याकेट दालमोठ पनि म्याद गुज्रिन २ दिन मात्र बाँकी रहेको भेटिएपछि नष्ट गर्न भनिएको छ।

राधा स्वामी सत्सङ्गमा २५ केजीको एक बोरा चामल म्याद गुज्रिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरुले बताएका छन्।

खाद्यले पठाउन लागेको र राहतका लागि विदेशबाट आएका खाद्यान्नमा भने उपभोग्य मिति रहेको छ।