सकुशल उद्धार भएका सञ्जय साह मेकानिकल फोरम्यान, कविर महर्जन मेकानिकल सुपरभाइजर



बिजमाण्डू
२०८३ भदौ १९ गते १०:०६ | Sep 4, 2026
सकुशल उद्धार भएका सञ्जय साह  मेकानिकल फोरम्यान, कविर महर्जन मेकानिकल सुपरभाइजर


काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा बेपत्ता दुईजनाको सकुशल उद्धार गरिएको छ।

Vigo
GBIME
Tata

आज बिहान नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साहलाई उद्धारटोलीले सुरुङबाट सकुशल निकालेको हो।

सप्तरी जिल्लाको कोईलाडी-८ स्थायी घर भएका माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ३० वर्षीय साह बाढी आएदेखि नै सम्पर्कविहीन भएका थिए।

त्यस्तै, अर्का मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि सोही सुरुङबाट उद्धार गरिएको छ।

काठमाडौंको बालकुमारी-३ स्थायी घर भएका ४५ वर्षीय महर्जन आयोजनाको कार्यस्थलबाटै सम्पर्कबिहीन भएका थिए।