टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्‍यायो आफ्नो नेटवर्कको पहुँच, मोबाइल बीटीएस साइट सञ्चालनमा



बिजमाण्डू
२०८३ भदौ १७ गते १८:३० | Sep 2, 2026
टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्‍यायो आफ्नो नेटवर्कको पहुँच, मोबाइल बीटीएस साइट सञ्चालनमा


काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाका सबै स्थानमा पूर्णरुपमा आफ्नो नेटवर्क पहुँच कायम गरेको छ।

Vigo
GBIME
Tata

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएकामा नेपाल टेलिकमले प्राविधिकहरुलाई निरन्तर रुपमा खटाएर मोबाइल बीटीएस साइट पुन: सञ्चालनमा ल्याएको हो।

बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकोप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार विद्युत आपूर्ति नियमित नभएका साइट जेनेरेटरमार्फत सञ्चालन गरिएको छ।

बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएको थियो। टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्णरुपमा क्षतिग्रस्त भएका थिए।