साइबर सुरक्षा र एआईबारे निक्की र जेनेसको संयुक्त अन्तरक्रिया, डेटा सुरक्षा, सुशासनबारे छलफल



बिजमाण्डू
२०८३ भदौ १६ गते २२:५० | Sep 1, 2026
साइबर सुरक्षा र एआईबारे निक्की र जेनेसको संयुक्त अन्तरक्रिया, डेटा सुरक्षा, सुशासनबारे छलफल


काठमाडौं। नेपाल-भारत वाणिज्य तथा उद्योग संघ (निक्की) र जेनेस सोलुसन्सको सहकार्यमा साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

Vigo
GBIME
Tata

ललितपुरको होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ तथा सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा एआईको बढ्‌दो प्रयोगसँगै देखिएका साइबर सुरक्षा जोखिम, क्लाउडमा बढ्‌दो निर्भरता, डेटा सुरक्षा, सुशासन र संस्थागत तयारीबारे छलफल गरिएको थियो।

जेनेस सोलुसन्सका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले मुख्य प्रस्तुति दिँदै एआईसँग सम्बन्धित साइबर जोखिम र संस्थागत सुरक्षाका चुनौतीबारे जानकारी दिएका थिए। सेसनपछि एआईको जिम्मेवार प्रयोग, साइबर सुरक्षा क्षमता तथा मानव संसाधनको तयारीबारे प्रश्नोत्तर गरिएको थियो।

जेनेसका सल्लाहकार तथा निक्कीका आइसिटी समितिका सल्लाहकार भीम ढकालले कार्यक्रम सुरुवात गरेका थिए। कार्यक्रमको समापन निक्कीकी बोर्ड सदस्य तथा आइसिटी विकास समिति अध्यक्ष एवं जेनेस सोलुसन्सकी बिजनेस हेड सुनैना घिमिरेले गरेकी थिइन्। कार्यक्रममा निक्कीका उपाध्यक्ष कुणाल कायलले उद्घाटन मन्तव्य राखेका थिए।