रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा एकजना पनि भेटिएनन्, उद्धार टोली फिर्ता



बिजमाण्डू
२०८३ भदौ १५ गते १३:१७ | Aug 31, 2026
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा एकजना पनि भेटिएनन्, उद्धार टोली फिर्ता


काठमाडौं। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र एक जना पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

Vigo
GBIME
Tata

सुरुङको भित्री भाग अर्थात् अन्तिम विन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुरुङमा मानिसहरू फसेको आशंकामा सेनाले इन्जिनियर र ड्रोन टोलीसहित खोजी गरेको थियो।

सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि सेनाको टोली धुन्चे फर्किएको छ।