निजी क्षेत्रकै संस्थाहरुको जिकिर: खाद्यान्नको स्टक पर्याप्त छ, किन्न नदौडिनुहोला



बिजमाण्डू
२०८३ भदौ १४ गते १७:३५ | Aug 30, 2026
निजी क्षेत्रकै संस्थाहरुको जिकिर: खाद्यान्नको स्टक पर्याप्त छ, किन्न नदौडिनुहोला


काठमाडौं। काठमाडौं उपत्यकालाई आवश्यक खाद्यान्नको मौज्दात पर्याप्त रहेको निजी क्षेत्रका प्रतिनिधि संस्थाले दाबी गरेका छन्।

Vigo
GBIME
Tata

खाद्यान्नको कारोबार गर्दै आएका व्यापारीको संस्था नेपाल खाद्य किराना व्यवसायी संघले खाद्यान्न पर्याप्त रहेकाले उपभोक्ता आतिनुपर्ने अवस्था नरहेको स्पस्ट पारेको हो। संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्न पर्याप्त रहेको बताउँदै खाद्यान्नको मूल्य बरु घटेको दाबी गरे।

‘भारतमा चामलको भाउ घटेर आएकाले यहाँ जिरामसिनोकै बोरामा ५० रुपैयाँ कम भइसकेको छ,’ उनले भने, ‘पृथ्वी राजमार्ग अवरुद्धहुँदा पनि केही समय समस्या छैन। उपभोक्ताले आतिएर सामान स्टक राख्नुपर्दैन।’ उनका अनुसार चिनीको भाउ मौज्दात कम भएर पहिलानै बढेको हो।

त्यस्तै,वानेश्वरमा रहेको सुनादेवी किराना स्टोरका संचालक समर कठायतले बाढीको कारण दैनिक उपभोग्य बस्तुको भाउ नबढेको बताए। खुद्रा किराना संघका महासचिव अमुल काजी तुलधारले विपद्को बेलामा मूल्य बढाउनु अमानवीय भएको बताउँदै सरकारको अनुमगन समेत तीब्र बनाउनुपर्ने बताए। चामल, तेल र दालसँग सम्वन्धित व्यापारिक संस्थाका प्रतिनिधिले खाद्यान्न अभाव नहुने दाबी गरेका छन्।

नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले उद्योगहरुसँग पर्याप्त स्टक रहेकाले समस्या नभएको बताए। ‘देशनै संकटमा परेको बेला सबैले सहयोग गर्ने हो। अहिले भएको सामान सहुलियतमा बेच्नुपर्छ,’ उनले भने, ‘उपभोक्ताले पनि आतिएर स्टक राख्नेतर्फ लाग्नुहुँदैन।’