रास्वपामा रवि निकट मनोहर कोषाध्यक्ष, प्रवक्तामा जगदीश खरेल र संगठन विभाग प्रमुखमा प्रमोद



बिजमाण्डू
२०८३ भदौ ५ गते १५:३४ | Aug 21, 2026
रास्वपामा रवि निकट मनोहर कोषाध्यक्ष, प्रवक्तामा जगदीश खरेल र संगठन विभाग प्रमुखमा प्रमोद


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा ९ जनालाई मनोनीत गरेको छ। केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले ९ जनालाई मनोनीत गरेको हो।

Tata
GBIME

केन्द्रीय सदस्य मनोनीत हुनेमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरूङ, प्रतिभा रावल, बशुमाया तामाङ, पुरुषोत्तम यादव, मनोहर प्रधान, सुरेन्द्र चाैधरी र भक्तबहादुर राई छन्।

रास्वपाले पुरूषोत्तमलाई सहमहामन्त्री बनाएको छ। यस्तै पार्टी सभापति रवि लामिछाने निकट डा. मनोहर प्रधानलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। चितवनका प्रधान चिकित्सक हुन्।

बैठकले जगदीश खरेललाई पार्टी प्रवक्ता तथा डा नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ।

केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा १० जनालाई मनोनयन गरेको छ। बैठकले शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।

यस्तै लिमा अधिकारीलाई आर्थिक विभाग, शिशिरलाई अन्तर्राष्ट्रिय विभाग, प्रमोद न्यौपानेलाई संगठन विभाग, सहमहामन्त्री निशा डाँगीलाई पूर्वाधार विभाग, डा. तोसिमा कार्कीलाई जनस्वास्थ्य विभाग र विजय जैरुलाई सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाका एक नेताले जानकारी दिए।