युनिलिभर नेपालले नाफा ११० प्रतिशतले बढायो, तीन महिनाको नाफा २५ करोड २६ लाख पुग्यो

बिजमाण्डू
२०७८ कात्तिक ३० गते ०९:०६ | Nov 16, 2021
युनिलिभर नेपालले नाफा ११० प्रतिशतले बढायो, तीन महिनाको नाफा २५ करोड २६ लाख पुग्यो


काठमाडौं। वहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले नाफा ११० प्रतिशतले बढाएको छ। कम्पनीले १२ करोडको नाफा २५ करोड २६ लाख रुपैयाँ पुर्याएको हो।

Tata
GBIME
NLIC

कम्पनीले मंगलबार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै उत्पादनबाट हुने आम्दानीमा उच्च सुधार भएको जनाएको छ।

कम्पनीले आफ्ना उत्पादन बिक्री गरेर कुल आम्दानी ६०.८३ प्रतिशतले बढाएर एक अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ। पोहोर असोझमा एक अर्ब २३ करोडको बिक्री भएको थियो।

कम्पनीले सामान बिक्रीका लागि पर्ने लागत ६४ प्रतिशतले बढाएको छ। यसको लागत एक अर्ब १२ करोड पुगेको छ। कम्पनी सार्वधिक लाभांश बाड्ने संस्था हो। पोहोरको नाफाबाट ६५० प्रतिशत लाभांश दिएको थियो।

पोहोर कोभिडले लकडाउन भएको थियो। यसले गर्दा कच्चा पदार्थ आयात देखि उत्पादन बिक्रीसम्म प्रभावित भएको थियो। यही कारण पोहोर कम्पनीको नाफा घटेको थियो।