नेपाल र भारतबाट आउजाउ गर्ने यात्रुलाई टर्कीको नयाँ प्रोटोकल, खोप र पीसीआर प्रमाण अनिवार्य

बिजमाण्डू
२०७८ कात्तिक २९ गते १३:५९ | Nov 15, 2021
नेपाल र भारतबाट आउजाउ गर्ने यात्रुलाई टर्कीको नयाँ प्रोटोकल, खोप र पीसीआर प्रमाण अनिवार्य


काठमाडौं। नेपाल र भारतबाट आउजाउ गर्ने यात्रुका लागि टर्की सरकारले नयाँ प्रोटोकल लागू गरेको छ। पछिल्लो समय युरोपेली मुलुकमा कोभिड संक्रमण बढ्न थालेसँगै टर्कीले सोमबारदेखि यात्राका प्रावधानमा कडाइ गरेको हो। 

Tata
GBIME
NLIC

भारतको नयाँदिल्लीस्थित टर्की दूतावासद्वारा जारी सूचनाअनुसार अब नेपाल र भारतबाट टर्की आउजाउ गर्ने यात्रुले ७२ घण्टाको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य रूपमा देखाउनु पर्नेछ। कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटिसकेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन।

खोप प्रमाणपत्र र पीसीआर नेगेटिभ रिपोर्ट नभएका यात्रुलाई १० दिने अनिवार्य क्वारेन्टिनको प्रावधान राखिएको सूचनामा उल्लेख छ। क्वारेन्टिनमा बसेका यात्रुले १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ। नगरेको अवस्थामा क्वारेन्टिन बसाइ अवधि चार दिन थपिने जनाइएको छ।

यसैगरी खोप लगाएको प्रमाणपत्र नभएका १२-१८ वर्षसम्मका यात्रुलाई पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य गराइएको छ। १२ वर्ष मुनिका यात्रु र हवाई सेवाको चालकदलका लागि भने यो प्रावधान लागू नहुने विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ दूतावासको सूचना