मेगा बैंकले काँकरभिट्टामा नयाँ शाखा खोल्यो, चालु वर्ष १५ वटा बिस्तार

बिजमाण्डू
२०७८ कात्तिक २९ गते ११:५८ | Nov 15, 2021
मेगा बैंकले काँकरभिट्टामा नयाँ शाखा खोल्यो, चालु वर्ष १५ वटा बिस्तार

काठमाडौं। चालु आर्थिक वर्ष १५ वटा शाखा खोलिसकेको मेगा बैंक नेपालले काँकरभिट्टामा नयाँ शाखा खोलेको छ। 

Tata
GBIME

प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा शाखा खोलेको हो। यो मेगा बैंकको २०२औं शाखा हो।

मेगा बैंक पछिल्लो समय शाखा सञ्जाल बिस्तारमा आक्रामक छ। 

उच्च व्यवसाय बिस्तार गरिरहेको बैंकले निक्षेप परिचालन पनि बढाएर लगेको छ।