
काठमाडौं। प्रभु बैंकले गत बर्षको नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिले १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।
बैंकले घोषणा गरेको लभांश भने राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ। बैंकले पोहोरको भन्दा लाभांश दर बढाएको छ। पोहोर बैंकले १०.५३ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो।
बैंकको अहिले चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ। यसको १२ प्रतिशत बोनस सेयर दिन लागेको हो। बोनस सेयरपछि चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँले बढ्ने छ।
बैंकको जगेडा कोषमा चार अर्ब ७१ करोड रुपैयाँ छ। पोहोर बैंकले एक अर्ब ४८ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो।