हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक खरेललाई घरौटी सुविधा, व्यवसायी गुप्ता थुनामा



बिजमाण्डू
२०८३ साउन २८ गते २१:०९ | Aug 13, 2026
हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक खरेललाई घरौटी सुविधा, व्यवसायी गुप्ता थुनामा


काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी पूर्व सञ्चालक शुभेच्छा खरेल घरौटी र व्यवसायी रोहित गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

Tata
GBIME

न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलास खरेललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। बिहीबार गुप्ता र खरेल अदालतमा उपस्थित भएका थिए। जेठ २८ गते सो प्रकरणमा अदालतमा मुद्दा दायर भएको थियो।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा मुख्य प्रतिवादीका रूपम दिपक भट्ट, शुलभ अग्रवाल र गुप्तासहित अन्य व्यक्ति तथा कम्पनीलाई समेटिएको थियो। भट्ट र अग्रवाल भने सोही प्रकरणमा पुर्पक्षको लागि थुनामा छन्।

सोही मुद्दामा जोडिएका अर्का व्यापारी ऋषिराज मोरलाई पनि अदालतले १ करोड धरौटीमा रिहाको आदेश गरेको थियो।