बैंक अफ काठमाण्डूको नाफामा ५ प्रतिशतको सुधार, २५ करोड ३४ लाख रुपैयाँ पुग्यो खुद नाफा

बिजमाण्डू
२०७८ कात्तिक १५ गते ०५:२७ | Nov 1, 2021

काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले खुद नाफा ५ प्रतिशतले बढाएको छ। बैकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ नाघेको जनाएको हो।

Tata
GBIME

बैंकको खुद ब्याज आम्दानी ३.१७ प्रतिशतले बढेर ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। स्प्रेड दर घटेका कारण ब्यापार ६,६७ प्रतिशतले बढ्दा समेत खुद ब्याज आम्दानीमा खासै सुधार नभएको हो।

ग्राहकलाई जाने ऋण एक खर्ब नाघेको छ।

बैंकले ४.४ प्रतिशतको स्प्रेड दरलाई २.८९ प्रतिशतमा झारेको छ। यही कारण नाफामा सुधार हुन नसकेको हो।