काठमाडौं। नेपाल-चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका ३ साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ। यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए।
‘नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ उनले भने, ‘सडक कहिलेदेखि संचालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन।’ रासस










