काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास पुनर्निर्माणका लागि सरकारी बजेट अस्वीकार गरेका छन्।
कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गरेर पत्र लेख्दै बजेट फिर्ता गर्न आग्रह गरेका छन् ।
पोहोर भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कोइराला निवास आगजनीबाट क्षतिग्रस्त भएकामा मर्मत सम्भारका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ विनियोजन गरेको छ।
कोइरालाले सरकारले दिएको रकम लिन आफू नैतिकरूपमा असमर्थ रहेको बताएका छन्।










