आगामी साता सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा देखिने भयो टाटा टियागो इभीको फेसलिफ्ट



बिजमाण्डू
२०८३ साउन २१ गते १३:३३ | Aug 6, 2026
आगामी साता सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा देखिने भयो टाटा टियागो इभीको फेसलिफ्ट


काठमाडौं। अर्को साता सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा टाटाको टियागो इभी फेसलिफ्ट मोडल पनि देखिने भएको छ। टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले उक्त गाडी बिहीबार काठमाडौं ल्याइसकेको छ।

Tata
GBIME

उक्त गाडी नाइमा मोबिलिटी एक्स्पोमा राख्ने तयारी भइरहेको हो। कम्पनीले यो गाडीका साथै टाटा पन्च इभीको नयाँ मोडल पनि राख्ने निश्चित भइसकेको छ।

टियागो इभी फेसलिफ्ट यसको पुरानो भर्सनभन्दा फरक बनाइएको छ। फेसलिफ्ट संस्करणमा बाहिरी डिजाइनदेखि प्रविधि र ब्याट्रीसम्ममा महत्त्वपूर्ण सुधार गरिएको छ।

नयाँ डिजाइनका हेडल्याम्प, परिमार्जित फ्रन्ट फेसिया, नयाँ अलोय ह्विल र आधुनिक लुकका कारण यो मोडल अघिल्लो संस्करणभन्दा आकर्षक मानिएको छ।

टियागो इभीमा ठूलो क्षमताको ब्याट्री, पहिलेभन्दा बढी ड्राइभिङ रेन्ज, डीसी फाष्ट चार्जिङ र अझ शक्तिशाली इलेक्ट्रिक मोटर उपलब्ध छ। साथै, भित्र १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ र ३६० डिग्री क्यामेराजस्ता आधुनिक फिचर समावेश छन्।

नेपालमा टियागो इभी टाटाको सबैभन्दा किफायती विद्युतीय गाडीमध्ये एक मानिन्छ। फेसलिफ्ट संस्करण आएपछि यो मोडलले इन्ट्री-लेभलको इभी सेग्मेन्टमा आफ्नो प्रतिस्पर्धात्मक अवस्था थप बलियो बनाउने अपेक्षा गरिएको छ।

हाल नेपालमा बिक्री भइरहेको टियागो इभी विभिन्न ब्याट्री विकल्पसहित उपलब्ध छ।