नयाँ ब्रान्ड बीएआइसीको हाइब्रिड गाडी बीजे३०ई भित्रियो नेपाल, नाइमा मोबिलिटी एक्स्पोमा राखिने



बिजमाण्डू
२०८३ साउन २० गते १८:२८ | Aug 5, 2026
नयाँ ब्रान्ड बीएआइसीको हाइब्रिड गाडी बीजे३०ई भित्रियो नेपाल, नाइमा मोबिलिटी एक्स्पोमा राखिने


काठमाडौं। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले बेजिङ अटोमोबाइल कम्पनी (बीएआइसी)को बीजे३०ई हाइब्रिड एसयूभी नेपाल भित्र्याएको छ।

Tata
GBIME

कम्पनीले केही दिनपछि काठमाडौंमा हुने नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ ब्रान्डको गाडी भित्र्याएको हो।कम्पनीले नाइमा मोबिलिटी एक्स्पोबाट यो गाडीको विक्री सुरु गर्ने बताएको छ।

बीजे३०ई अफ-रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजन भएको एसयूभी हो।

आकर्षक बक्सी डिजाइन, एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ।

गाडीमा पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन प्रयोग गरिएको छ, जसले इन्धनको खपत घटाउँदै उच्च पावर र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

गाडीको मूल्य, भेरियन्ट, ब्याट्री, इन्जिन क्षमता र बुकिङ सम्बन्धी विस्तृत विवरण नाइमा एक्सपोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

कम्पनीले बीएआइसीसँगै प्रिमियम विद्युतीय ब्रान्ड आर्कफक्स पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ।