काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। १७ वर्ष अघिको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो।
१७ वर्षअघि भट्टराईले केही व्यक्तिलाई कायरो पठाएको भन्दै यात्रा अनुमतिपत्र दिएको अनुसन्धानमा देखिन्छ। तर, ती व्यक्तिहरु जर्मन पुगेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार : राहदानी कसुरको पुरानो मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
गैरकानूनी रुपमा व्यक्तिहरुलाई तिब्बती शरणार्थी रहेको भनी पारिवारिक मिलनको निहुँमा जर्मनी पठाउनको लागि यात्रा अनुमतिपत्र जारी गरेको देखिएको प्रहरीले जनाएको छ।
राहदानी कसुर ऐन अन्तर्गत उनलाई पक्राउ गरिएको सीआइबीका एसएसपी अनुप शमशेर जबराले जानकारी दिए।
२०८२ माघ २३ गते उनको सरकारी वकिल समक्ष बयान समेत भएको देखिन्छ। प्रहरीकै उपस्थितिमा उनले बयान दिएका थिए
उनी विरुद्ध एक साताअघि मात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनले बयानमा शरणार्थीहरुलाई यात्रा अनुमति पत्रमा गरिएको हस्ताक्षर आफ्नो नभएको बयान दिएका थिए।
उनी परराष्ट्र मन्त्रालयको नायव सुब्बा पदमा २०५२ सालमा नयाँ नियुक्ति भइ २०६४ सालमा शाखा अधिकृत भएका थिए। उप सचिव हुँदै सहसचिव पदमा उनी २०८१ माघमा बढुवा भएका थिए।
सन् २००९ अगष्टमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा राहदानी र यात्रा अनुमतिपत्र जारी गर्ने समेतको जिम्मेवारीमा कार्यरत थिए।









