सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत घूसको रकमसहित पक्राउ, ८ लाख २१ हजार बरामद



बिजमाण्डू
२०८३ साउन ९ गते ०९:५७ | Jul 25, 2026
सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत घूसको रकमसहित पक्राउ, ८ लाख २१ हजार बरामद


काठमाडौं। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घूस लिएको आरोपमा नगद ८ लाख २१ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले दुवैलाई करमसहित सरकारी क्वाटरबाट शुक्रबार नियन्त्रणमा लिएको हो। आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना आएको थियो।

सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वार्टरबाट नियन्त्रणमा लिइएको आयोगले शनिबार जनाएको छ।

उनीहरूको साथबाट घुस रकमबाहेक स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइलसमेत बरामद गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।