भूमिहीन परिवारलाई धमाधम लालपुर्जा, इच्छाकामनाका ३४ परिवार बने जग्गाधनी



बिजमाण्डू
२०८३ साउन ८ गते १२:५७ | Jul 24, 2026
भूमिहीन परिवारलाई धमाधम लालपुर्जा, इच्छाकामनाका ३४ परिवार बने जग्गाधनी


काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीनले जग्गाधनी पुर्जा पाएका छन्।

Tata
GBIME

जिल्ला भूमि समस्या समाधान समितिले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा दिएको हो।

समितिका अध्यक्ष रहेका चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लालपुर्जा वितरण गरेका हुन्।

झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी ५ परिवारलाई शुक्रबार लालपुर्जा प्रदान भगरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

सरकारले यसअघि झापा र बर्दियाका ५२ परिवारलाई लालपुर्जा दिएको थियो।