काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन्।
आइक्यानको दशौं परिषद्को तेस्रो कार्यकालका लागि वाग्ले अध्यक्ष निर्वाचित भएका हुन्। आइक्यानको उपाध्यक्षमा हेम कुमार काफ्ले निर्वाचित भएका छन्।
अध्यक्ष र उपाध्यक्षलाई बुधबार महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ गराएका छन्। आइक्यानले महालेखापरीक्षकबाट परिमार्जित आधिकारिक लोगोसमेत सार्वजनिक गरेको छ।

आइक्यानले आफ्नो पारषद्बाट १ वर्षे कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष निर्वाचित गर्छ।
आइक्यानको परिषद्मा चार्टर्ड एकाउन्टेन्टले आफूमध्येबाट निर्वाचित गरेका १० जना, दर्तावाला लेखापरीक्षक ४ जना र महालेखा परीक्षकको सिफारिसमा सरकारले मनोनित गरेका तीन जनाको परिषद् गठन हुने व्यवस्था छ।









