नेपाली बजारमा इलेक्ट्रिक एसयूभी नामी भिगो र बिवाइडी एटो २ बीच प्रतिस्पर्धा



बिजमाण्डू
२०८३ साउन ६ गते १७:४८ | Jul 22, 2026
नेपाली बजारमा इलेक्ट्रिक एसयूभी नामी भिगो र बिवाइडी एटो २ बीच प्रतिस्पर्धा


काठमाडौं। नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा नामी भिगो र बिवाइडी एटो २ बीच प्रतिस्पर्धा बढ्दो छ। दुवै गाडीलाई नेपाली बजारमा सफल र स्थापित मोडलका रुपमा हेरिएको छ भने ग्राहकले आफ्नो बजेट र आवश्यकता अनुसार छनोट गर्न सक्ने अवस्था रहेको छ।

Tata
GBIME

मूल्यका हिसाबले ५१.८७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री भएको नामी भिगो मूल्य ४३ लाख ९९ हजार रहेको छ भने ५१.८७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री भएको बिवाइडी एटो २  को मूल्य ४८ लाख ९९ हजार तोकिएको छ। यस अनुसार भिगो करिब ५ लाख रुपैयाँ सस्तो छ।

दुवै गाडीमा करिब समान क्षमताको ब्याट्री र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। भिगोमा ९९ किलोवाट क्षमताको मोटर र ३०० एनएम टर्क उपलब्ध छ भने एटो २ मा १०० किलोवाट मोटर र २९० एनएम टर्क रहेको छ।

रेन्जतर्फ भिगोले डब्लुएलटीपी मापदण्डअनुसार ३५० किलोमिटर तथा एटो २ ले ३४५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

चार्जिङमा भने भिगो अगाडि देखिन्छ। यसमा १६७ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसबाट ३० देखि ८० प्रतिशत चार्ज करिब १८ मिनेटमै गर्न सकिन्छ। एटो २ मा ८२ किलोवाट डीसी फास्ट चार्जिङ उपलब्ध छ, जसमा सोही स्तरको चार्ज हुन करिब २८ मिनेट लाग्ने उल्लेख गरिएको छ।

आकारका हिसाबले दुवै गाडी लगभग समान छन्। साथै भिगोमा ५०० लिटर बुट स्पेस र एटो २ मा भने ४०० लिटर बुट स्पेस उपलब्ध छ।

फिचरतर्फ नामी भिगोमा हिटेड तथा भेन्टिलेटेड मेमोरी सिट, १६७ किलोवाट चार्जिङ, एक्स्टेरियर स्पिकर र एम्बियन्ट लाइट जस्ता सुविधा छन्। एटो २ मा रोटेटिङ टचस्क्रिन, मोबाइल एप कन्ट्रोल र एनएफसीकी-कार्ड जस्ता विशेषता समावेश छन्।