फ्रान्समा १५ वर्षभन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया प्रयोग गर्न नपाउने कानुन पारित

बिजमाण्डू
२०८३ साउन ६ गते ११:३२ | Jul 22, 2026
फ्रान्समा १५ वर्षभन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया प्रयोग गर्न नपाउने कानुन पारित


काठमाडौं । फ्रान्सको संसद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडिया प्रयोग गर्न नदिने सम्बन्धी नयाँ कानुन पारित गरेको छ।

Vigo
GBIME
Tata

बालबालिकाको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली राष्ट्र बनेको छ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले यो नयाँ कानुनको स्वागत गरेका छन्।

यो कानुनको कार्यान्वयन दुई चरणमा हुने भनिएको छ। यो सेप्टेम्बरदेखि १५ वर्षमुनिका बालबालिकाले नयाँ अकाउन्ट खोल्न पाउने छैनन् र नयाँ प्रयोगकर्ता सबैको उमेर प्रमाणीकरण गरिनेछ।

त्यस्तै, सन् २०२७ को जनवरीदेखि पुराना अकाउन्टहरूमा पनि यो नियम लागू हुनेछ।

यो कानुन कार्यान्वयनमा आएसँगै अब फ्रान्सका सबै नागरिकले सोसल मिडिया प्रयोग गर्न उमेर पुष्टि गर्नुपर्नेछ।

यसअघि अस्ट्रेलियाले १६ वर्षमुनिका लागि प्रतिबन्ध लगाएपछि विश्वभर यो ट्रेन्ड बढेको छ।

बेलायतले पनि आगामी २०२७ सम्म १६ वर्षमुनिकालाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकाका लागि सोसल मिडियामा सीमा तोक्नेबारे छलफल गरिरहेको छ।