मनसुन सक्रिए भएपछि धान रोपाइँ बढ्न थाल्यो, मधेशमा कम हुँदा अन्यमा कति भयो ?



बिजमाण्डू
२०८३ साउन ५ गते १४:२० | Jul 21, 2026
मनसुन सक्रिए भएपछि धान रोपाइँ बढ्न थाल्यो, मधेशमा कम हुँदा अन्यमा कति भयो ?


काठमाडौं । देशभर धान रोपाइँ बढ्न थालेको सरकारी तथ्यांकले देखाएको छ।

Tata
GBIME

गत असार अन्तिमदेखि मनसुन सक्रिए भएपछि प्रदेशहरुमा धान रोपाइँ गत वर्षको भन्दा बढेको पाईएको हो।

साउन पहिलो सातासम्म विभिन्न प्रदेशमा धान रोपाइँ करिब ७३ प्रतिशत भएको छ।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रोपाइँ भएको छ। कर्णाली प्रदेशमा ७७ प्रतिशत रोपाइँ हुँदा गण्डकीमा ७८ प्रतिशत भएको छ।

त्यस्तै, कोशी प्रदेशमा ७३ प्रतिशत ,बागमती प्रदेशमा ७७ प्रतिशत र लुम्बिनीमा ८० प्रतिशत रोपाइँ भएको छ।

मधेश प्रदेशमा भने ५७ प्रतिशतमात्रै रोपाइँ भएको विभागको तथ्यांकले देखाएको छ। अन्य प्रदेशमा वर्षाका कारण रोपाइँ बढ्दा मधेशमा भने पानी धेरै नपर्दा कम मात्रै रोपाइँ भएको हो।

हालसम्म १० लाख ११ हजार हेक्टरमा धान रोपाइँ भएको छ। गत यस अवधिमा धान रोपाई ७२ प्रतिशत रोपाइँ भएको थियो।