निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको संवाद निरन्तर, मंगलबार बोलाए गार्मेन्ट उद्योगी



बिजमाण्डू
२०८३ साउन ५ गते १०:५२ | Jul 21, 2026
निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको संवाद निरन्तर, मंगलबार बोलाए गार्मेन्ट उद्योगी


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिसँगको संवादलाई निरन्तरता दिने क्रममा मंगलबार गार्मेन्ट उद्योगीलाई बोलाएका छन्।

Tata
GBIME

बालेनले तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा छलफलका लागि गार्मेन्ट उद्योगीलाई बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ११:३० बजेका लागि तय छलफलमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदैछन्।

बालेनले असार २४ यता निजी क्षेत्रका प्रतिनिधिलाई पालैपालो बोलाएर छलफल गरिरहेका छन्।