प्रोटोनको इमास-५ नेपाली बजारमा दुई भेरियन्टमा सार्वजनिक, सुरुआती मूल्य २९.९९ लाख



बिजमाण्डू
२०८३ साउन ५ गते ०६:१५ | Jul 21, 2026
प्रोटोनको इमास-५ नेपाली बजारमा दुई भेरियन्टमा सार्वजनिक, सुरुआती मूल्य २९.९९ लाख


काठमाडौं। प्रोटोनको विद्युतीय एसयूभीमा नयाँ मोडल प्रोटोन इमास ५ नेपाली बजारमा सार्वजनिक भएको छ। कम्पनीले यो गाडी दुई भेरियन्टमा ल्याएको छ।

Tata
GBIME

यसको बेस भेरियन्टको मूल्य २९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको छ। यो मूल्य पहिलो १०० जना ग्राहकको लागि मात्र लागु हुनेछ। 

नयाँ इमास ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि तथा दैनिक प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा आएको कम्पनीको दाबी छ। 

यसमा स्मार्ट कनेक्टिभिटी, एड्भान्स्ड सेफ्टी फिचर, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा आधुनिक इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू समावेश गरिएको छ।

नेपालमा पछिल्लो समय किफायती मूल्यका इलेक्ट्रिक गाडीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला इमास ५ ले मध्यम मूल्य वर्गको इभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार २९.९९ लाख र ३४.९९ लाख मूल्यमा उपलब्ध दुई भेरियन्टले फरक-फरक ग्राहक समूहलाई लक्षित गर्नेछन्। सार्वजनिक कार्यक्रममा कम्पनीले गाडीको बुकिङ खुला भएको जानकारी पनि दिएको छ।