एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा सरप्राइज उपहार, २४ घण्टाकै अन्तरालमा पाइने



बिजमाण्डू
२०८३ साउन १ गते १५:०२ | Jul 17, 2026
एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा सरप्राइज उपहार, २४ घण्टाकै अन्तरालमा पाइने


काठमाडौं। एनसेलले एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर ल्याएको छ। यो अफरमा ग्राहकले एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME

यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्छन्। प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाईने कम्पनीको दाबी छ।

ग्राहकहरुलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टहरु तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुट लगायत रहेको कम्पनीले जनाएको छ।

‘हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरु जित्ने अवसर पनि प्रदान गर्छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।