८९ किलोमिटर लामो हाइड्रोजनमा आधारित रेल भारतमा सञ्चालन, विश्वका शीर्ष ५ देशको सूचीमा प्रवेश



बिजमाण्डू
२०८३ साउन १ गते १४:५३ | Jul 17, 2026
८९ किलोमिटर लामो हाइड्रोजनमा आधारित रेल भारतमा सञ्चालन, विश्वका शीर्ष ५ देशको सूचीमा प्रवेश


काठमाडौं। भारतले आफ्नै देशमा विकास गरिएको हाइड्रोजन प्रविधिमा आधारित पहिलो रेल सेवाको औपचारिक शुभारम्भ गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त रेल हरियाणाको जीन्ददेखि सोनीपतसम्मको ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ।

Tata
GBIME

स्वदेशी प्रविधिबाट विकसित यो हाइड्रोजन रेलले पेट्रोलियम इन्धनमा निर्भरता घटाउँदै हरित ऊर्जा र स्वच्छ यातायात प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। हाइड्रोजन इन्धन प्रयोग गर्ने रेलबाट कार्बन उत्सर्जन न्यून हुने भएकाले यसलाई वातावरणमैत्री सार्वजनिक यातायातको महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ।

यससँगै भारत हाइड्रोजन रेल सञ्चालन गर्ने विश्वका पाँच अग्रणी देशहरूको समूहमा समावेश भएको छ। यो उपलब्धिलाई भारतको रेल प्रविधि, हरित ऊर्जा र दिगो पूर्वाधार विकासतर्फको महत्वपूर्ण फड्कोको रूपमा लिइएको छ।