काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन्।
परिषद्को शनिबार भएको ३०औं र ३१औं वार्षिक साधारण सभा तथा आइतबार बिहान सम्पन्न निर्वाचनमा डंगोल निर्वाचित भएका हुन्।
उनले प्रश्रय राजभण्डारीलाई पराजित गरे। निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीका अनुसार डंगोलले ७२८ र राजभण्डारीले ३६५ मत प्राप्त गरे।
प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ र तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित भएका छन् ।
महासचिवमा पशुपति कँडेल ७२० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे।
सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) तथा सदस्यमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाइँ र चन्द्रा तामाङ विजयी भएका छन्।
नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुनेछ।










