लक्ष्मी ग्रुपले नेपाल भित्र्याउँदै जेटोर ब्रान्ड, आगामी अटो शोमा प्रदर्शन गरिने

बिजमाण्डू
२०८३ असार २६ गते १५:०५ | Jul 10, 2026
लक्ष्मी ग्रुपले नेपाल भित्र्याउँदै जेटोर ब्रान्ड, आगामी अटो शोमा प्रदर्शन गरिने


काठमाडौं। नेपाली अटो बजारमा अर्को नयाँ चिनियाँ अटोमोबाइल ब्रान्ड जेटोरको प्रवेश हुने भएको छ। लक्ष्मी ग्रुपले यस ब्रान्डलाई नेपाली बजारमा भित्र्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

Vigo
GBIME
Tata

कम्पनीका अनुसार आगामी अटो शोमार्फत नेपाली बजारमा यसको इन्ट्री गराउने योजना छ।

जेटोर चेरी होल्डिङ ग्रुपअन्तर्गत सन् २०१८ मा स्थापना भएको एसयूभी केन्द्रित ब्रान्ड हो। विश्व बजारमा ‘ट्राभल प्लस’ अवधारणालाई केन्द्रमा राखेर विकास गरिएको यो ब्रान्डले छोटो समयमै चीनसहित पश्चिम एसिया, दक्षिण अमेरिका, अफ्रिका तथा एसिया-प्रशान्तका विभिन्न बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

ब्रान्डको नाम पनि यसको अवधारणासँग जोडिएको छ। जेटोर शब्द ‘जेट’ र ‘टुर’बाट बनेको हो। जसको अर्थ सहज र सुविधाजनक यात्रा भन्ने हुन्छ। कम्पनीका अनुसार यसले यात्रालाई अझ सहज, आरामदायी र आधुनिक बनाउने ब्रान्डको उद्देश्यलाई प्रतिनिधित्व गर्छ।

नेपालमा जेटोरको औपचारिक सुरुवात अटो शोबाट हुने अपेक्षा गरिएको छ। कम्पनीले कुन-कुन मोडल सार्वजनिक गर्ने भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

तर, विश्व बजारमा जेटोरका एक्स७०, एक्स९०, ड्यासिङ र अफ-रोड शैलीको टी२ जस्ता एसयूभी मोडल लोकप्रिय छन्। कम्पनीले अफ रोड क्षमताको टी२ ल्याउने अनुमान गरिएको छ।