यामाहाको एक्सएसआर १५५ बाइक नेपाल भित्रियो, सुरुवाती मूल्य ५ लाख ३० हजार

बिजमाण्डू
२०८३ असार २६ गते १२:१७ | Jul 10, 2026
यामाहाको एक्सएसआर १५५ बाइक नेपाल भित्रियो, सुरुवाती मूल्य ५ लाख ३० हजार


काठमाडौं। यामाहाको नयाँ बाइक एक्सएसआर १५५ नेपाली बजारमा भित्रिएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्स प्रालिले यो बाइकको एमआरपी सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

भेरियन्ट अनुसार मूल्य फरक फरक छ। कम्पनीले एक्सएसआर १५५ को एसएमएक्स भेरियन्टको मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ।

यस्तै भेरियन्ट बीएमसीको मूल्य ५ लाख २९ हजार ९००, भीआरसी १ को मूल्य ५ लाख ३९ हजार ९०० र डब्लूएमसीको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

कम्पनीले आगामी भदौमा हुने नाडा अटो शोमा बाइक प्रदर्शनीमा राख्ने योजना बनाएको छ।

एक्सएसआर १५५ मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन छ। यो मोटरसाइकल यामाहाको लोकप्रिय एमटी-१५ र आर १५ मा प्रयोग गरिएको प्लेटफर्ममा आधारित छ।

यसमा १५५ सीसी लिक्विड-कुल्ड र सिंगल-सिलिन्डर इन्जिन छ। जसले करिब १८.४ पीएस पावर र १४.१ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। इन्जिनसँग ६-स्पिड गियरबक्स र असिस्ट तथा स्लिपर क्लच उपलब्ध हुनेछ।

फिचरका हिसाबले एक्सएसआर १५५ मा राउन्ड एलइडी हेडलाइट, एलसीडी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डेल्टाबक्स फ्रेम, अपसाइड-डाउन (यूएसडी) फ्रन्ट फोर्क, मोनोक्रस रियर सस्पेन्सन तथा डुअल-च्यानल एबीएस जस्ता आधुनिक सुविधा छ।

कम्पनीले यसलाई मेटालिक ग्रे, मेटालिक ब्लु, भिभिड रेड र ग्रिनिस ग्रे मेटालिक गरी विभिन्न रंगमा उपलब्ध गराउने छ।