टेलिकमको बिलिङ प्रणाली ठेक्काको मुद्दामा प्रबन्ध निर्देशक संगीता पहाडीले पाइन् सफाइ



बिजमाण्डू
२०८३ असार २५ गते १८:१७ | Jul 9, 2026
टेलिकमको बिलिङ प्रणाली ठेक्काको मुद्दामा प्रबन्ध निर्देशक संगीता पहाडीले पाइन् सफाइ


काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले बिलिङ प्रणाली ठेक्काको भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन्।

Tata
GBIME
Nepal Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी २०८२ जेठ २५ गते दायर गरेको मुद्दामा विषेश अदालतले बिहीबार संगीतालाई सफाइ दिएको हो।

अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सफाइ दिएसँगै संगीतालाई टेलिकममा फर्किने बाटो खुलेको छ। २०८१ भदौ तेस्रो साता ४ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएकी संगीता भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेकी थिइन्।

अख्तियारले संगीताका अलावा उनीअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको छ।