काठमाडौं । भारतीय दुई पाङ्ग्रे ब्रान्ड हिरो अन्तर्गत रहेको इलेक्ट्रिक स्कुटर भिडा नेपाल आउने निश्चित भएको छ। हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भिडा स्कुटरको लागि पनि नाडा अटो शोमा स्टक बुक गराएको छ।
यो सँगै हिरोको भिडा आगमी भदौको दोस्रो साता आयोजना हुने नाडा अटो शोमा देखिने पक्कापक्की भएको छ। कम्पनी उक्त स्कुटर नेपाल ल्याउन सबै तयारी पुरा गरिसकेको छ।
यसमा दुईवटा भेरियन्ट भिडा भी-१ प्ल्स र भिडा भी-१ प्रो रहेका छन्। कम्पनीले भिडा भी-१ प्ल्स स्कुटरको मूल्य भारु १ लाख ४५ हजार र भीडा भी-१ प्रोको १ लाख ५९ हजार भारुमा सार्वजनिक गरिएको छ।
यसमा ब्याट्री स्वापिङ टेक्नोलोजीको उपयोग गरिएको छ। यसको ब्याट्री सकिएपछि राइडर आफैंले यसलाई सजिलै बदल्न सक्छन्। कम्पनीले भिडामा मोड्युलर चार्जिङ सिस्टम रहेको जनाएको छ। यसलाई पोर्टेबल ब्याट्रीबाट जहाँ जुनसुकै बेला पावर दिन सकिनेछ।
यो स्कुटर कम्प्युटर बेस्ड मोडल हुने र लेटेस्ट टेक्नोलोजीले सुसज्जित रहेको कम्पनीले जनाएको छ। यस्तै भी-१ प्ल्समा भएको ३.४४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा १४३ किलोमिटर दुरी पार गर्न सकिन्छ भने भी-१ प्रोमा भएको ३.९४ किलोवाट क्षमताको ब्याट्रीले १६५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले दाबी गरेको छ।
स्कुटरमा फ्ल्याट साइड प्यानलहरू र फ्रन्ट एलईडी हेडल्याम्प छन्। यसले यसलाई केही फरक डिजाइन देखाएको छ। स्कुटरको अगाडिको भागमा टेलिस्कोपिक फोर्कसहितको ५-स्पोक एलोय ह्विलहरु पनि ग्रे फिनिस गरिएको छ।
यसको ठुलो ७ इन्चको टीएफटी टचस्क्रिन कन्सोल स्लीक एलईडी इन्डिकेटरहरूले भरिएको छ र स्विच गियर धेरै प्रिमियम देखिन्छ। स्कुटरको सिट मुनि स्वाइप गर्न मिल्ने ब्याट्री राखिएको छ। जसको पछाडि भण्डारण २६ लिटरको डिक्की उपलब्ध छ।
हिरोले सन् २०२१ मा नै ताइवानको ब्याट्री सप्लायर कम्पनी गोगोरोसँग साझेदारी गरेको थियो। यो साझेदारी अन्तर्गत दुबै कम्पनीले भारतमा इलेक्ट्रिक टु ह्विलर निर्माण गर्ने र ब्याट्री स्वापिङ नेटवर्क स्थापना गर्ने काम गरेका छन्।











