इन्टरनेट ग्राहक एक महिनामा २१ हजार थपिए, वर्ल्डलिंकमा ३ हजार थपिंदा कुनका कति?



बिजमाण्डू
२०८३ असार २४ गते १६:३१ | Jul 8, 2026
इन्टरनेट ग्राहक एक महिनामा २१ हजार थपिए, वर्ल्डलिंकमा ३ हजार थपिंदा कुनका कति?


काठमाडौं। इन्टरनेट प्रयोगकर्ताको संख्या एक महिनामा करिब २१ हजारले थपिएको छ। वैशाखको तुलनामा जेठमा २० हजार ८४३ ग्राहक बढेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार जेठ समान्तसम्ममा इन्टरनेट ग्राहक संख्या ३५ लाख ८ हजार ८१५ पुगेको छ। यो संख्या गत वैशाखसम्म ३४ लाख ८७ हजार ९७२ थियो।

वर्ल्डलिंक कम्युनिकेसन्सले एक महिनामा २ हजार ८५७ ग्राहक बढाएको छ। कम्पनीको ग्राहक संख्या १० लाख ८१ हजार ५६६ पुगेको छ। कम्पनीको बजार हिस्सा ३०.८२ प्रतिशत छ।

दोस्रो स्थानको नेपाल टेलिकमको ग्राहक संख्या ३ लाख ८४ हजार ९५४ पुगेको छ। कम्पनीको बजार हिस्सा १०.९७ प्रतिशत रहेको तथ्यांक छ।

तेस्रो स्थानमाको डिस मिडिया नेटवर्कसँग ३ लाख ७१ हजार २५३, भायोनेटसँग ३ लाख ६९ हजार ७१४, क्लासिक टेकसँग २ लाख ८९ हजार ७९८, सुबिसु केबल नेटसँग २ लाख ६६ हजार ८४९, वेबसर्फर नेपाल कम्युनिकेसनसँग १ लाख ७३ हजार ६९६, टेकमाइन्ड्स नेटवर्क प्रालिसँग १ लाख १३ हजार २६९ र वाइफाइ नेपालसँग १ लाख १४ हजार ३५९ ग्राहक रहेको प्राधिकरणले जनाएको छ।

सीजीका इन्टरनेट ग्राहक ९१ हजार ४९४ र ब्रोडलिंक नेटवर्कका ग्राहक ५४ हजार ७६२ पुगेका छन्। ग्राहक सजिलो नेटका ४३ हजार ८२७, फाइबरवर्ल्ड कम्युनिकेसनका ३९ हजार ७५०, कनेक्ट नेपाल नेटवर्क्सका २१ हजार ३०२, एरोनेट प्रालिका १४ हजार २७१ र एभरेष्ट वायरलेसका १४ हजार ४५० रहेको प्राधिकरणको तथ्यांक छ।