अटो शोमा स्टल भाडा सवा ४ लाखसम्म वृद्धि, नाइमा र नाडाले उठाउनेछन् ७ करोड



बिजमाण्डू
२०८३ असार २८ गते १२:३० | Jul 12, 2026
अटो शोमा स्टल भाडा सवा ४ लाखसम्म वृद्धि, नाइमा र नाडाले उठाउनेछन् ७ करोड


काठमाडौं। अटो व्यवसायीले आगामी साउन र भदौमा आयोजना गर्ने दुई वटा अटो शोमा स्टल भाडाबाटै मात्र ७ करोड रुपैयाँ उठाउने भएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले एउटै स्टलको भाडा सवा ४ लाख रुपैयाँसम्म बढाएको छ। नाइमा मोबिलिटी एक्स्पोमा ५० वटा स्टल राखिनेमा भाडा अढाइ लाखदेखि साढे १८ लाख रुपैयाँसम्म तोकिएको छ।

नाइमाले एक महिनापछि हुने एक्स्पोका लागि स्टल भाडा सबैभन्दा धेरै १८ लाख ५६ हजार ४०० रुपैयाँसम्म राखेको छ। गत वर्ष सबैभन्दा धेरै १४ लाख २८ हजार रुपैयाँसम्म थियो।

एल २ र आर २ को भाडा यो पटक १८ लाख ५६ हजार ४०० रुपैयाँ राखिएको हो। यसबाट ३७ लाख १२ हजार ८०० रुपैयाँ उठ्नेछ। यस्तै एल १ र आर १ स्टलको भाडा १७ लाख १३ हजार ६०० रुपैयाँ राखिएको छ। यसबाट नाइमाले ३४ लाख २७ हजार २०० रुपैयाँ पाउनेछ।

नाइमाले एच १ स्टलको भाडा ५ लाख ७१ हजार २०० रुपैयाँ र एज २ स्टलको ७ लाख ९५ हजार ६०० रुपैयाँ राखेको छ। सी १ देखि सी ५ सम्मका स्टलको भाडा २ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको छ।

यस्तै डी १ देखि डी १२ सम्मका स्टलको भाडा ३ लाख ७८ हजार रुपैयाँ राखिएका कारण ४५ लाख ३६ हजार रुपैयाँ उठ्नेछ।एल ४ र आर ४ स्टलको १४ लाख १९ हजार ६०० रुपैयाँका दरले २८ लाख ३९ हजार २०० रुपैयाँ भाडा उठ्नेछ।

नाइमाले ओ २ र ओ ३ स्टलको ५ लाख ४६ हजार, एच ३ स्टलको ५ लाख ८५ हजार, एल ५, एल ६, आर ५ र आर ६ स्टलको भाडा ९ लाख ८२ हजार ८०० रुपैयाँका दरले ३९ लाख ३१ हजार २०० रुपैयाँ उठाउनेछ।

आर ३ बी स्टलको भाडा ३ लाख ७४ हजार ४०० रुपैयाँ तोकिएको छ।

एल ३ ए, एल ३ बी र आर ३ ए स्टलको ४ लाख २१ हजार २०० रुपैयाँका दर १२ लाख ६३ हजार ६०० रुपैयाँ र ए १ देखि ए १२ सम्मका स्टलको ५ लाख ४६ हजार रुपैयाँका दरले ६५ लाख ५२ हजार रुपैयाँ संकलन हुनेछ।

नाइमाले मोबिलिटी एक्स्पोमा भाग लिने व्यवसायीसँग स्टल भाडाबापत ३ करोड ९ लाख ७६ हजार २०० रुपैयाँ उठाउनेछ।

यता नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो फ्लागशिप स्टल ‘ए प्लस’का लागि १५ लाख ७३ हजार रुपैयाँ भाडा तोकेको छ। ‘ए प्लस’ स्टल ४ वटा रहने भएकाले नाडाले ६२ लाख ९३ हजार रुपैयाँ पाउनेछ।

यस्तै स्टल ए र बीको भाडा १४ लाख ४५ हजार तोकिएको छ। ए र बी क्याटागोरीका ६ वटा स्टलबाट ८६ लाख ७० हजार रुपैयाँ संकलन हुनेछ। स्टल सी र एफको भाडा ७ लाख ८१ हजार रुपैयाँ राखिएको छ। ती क्याटागोरीमा ४ वटा स्टल हुनेछन्।

नाडाले स्टल एच र एचएचको भाडा १० लाख ८२ हजार रुपैयाँ तोकेको छ। ती दुई क्याटागोरीका ६ वटा स्टलबाट ६४ लाख ९२ हजार रुपैयाँ उठ्नेछ।

स्टल जी र जीजीका लागि ९ लाख ८ हजार रुपैयाँ राखिएको छ। यसबापत १८ लाख १६ हजार रुपैयाँ संकलन हुनेछ। स्टल जे र टीडब्लूका लागि ३ लाख ८७ हजार तोकिएको छ। यी क्याटागोरीमा २० वटा स्टल हुनेछन्। जसबाट ७७ लाख ४० हजार रुपैयाँ भाडा उठ्नेछ।

नाडाले स्टल एलका लागि १ लाख ६३ हजार रुपैयाँ तोकेको छ। यो क्याटागोरीमा ३ वटा स्टल हुनेछन्। स्टल केकेका लागि ७३ हजार, स्टल डी एण्ड ईका लागि ६१ हजार ५०० र स्टल केका लागि सबैभन्दा कम ५४ हजार रुपैयाँ तोकिएको छ।

केके क्याटागोरीमा ७ वटा, डी एण्ड ई क्याटागोरीमा ४६ वटा र के क्याटागोरीमा २३ वटा स्टल रहनेछन्। नाडाले स्टल भाडाबाट ३ करोड ९२ लाख रुपैयाँ संकलन गर्नेछ।

नाइमा र नाडाले अटो शो ३० अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरेका छन्। अटो शो गाडी बिक्रीको मुख्य थलो भएका कारण व्यवसायीहरुले ग्राहकलाई आकर्षित गर्न एउटै स्टल निर्माणमा ५० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्।